अत्याधिक गर्मी भएपछि दुबईमा कृत्रिम वर्षा

अत्याधिक गर्मी भएपछि दुबईमा कृत्रिम वर्षा गराइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तापक्रम ५० डिग्री पुगेपछि युएईको मौसम विभागले कृत्रिम वर्षा गराएको हो ।
गर्मीले मानिस र पशुपंक्षीहरुको मृत्यु हुन थालेपछि बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो । अहिले त्यहाँको तापक्रम ५० डिग्रीको हाराहारीमा रहेको बताइएको छ ।
मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।
युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । मौसम विभागकाअनुसार क्लाउ सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरु भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षेनी वर्षातको दर बढाउने हो ।
युएई बाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशले बेलाबेला यस्तो कृत्रिम वर्षा गराउने गरेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा