नवलपुरमा रक्सी खाएर झगडा गर्दा ५ महिने बालिकाको निधन

नवलपुर । पूर्वी नवलपरासीको मादक पदार्थ सेवन गरी भएको झगडामा परी ५ महिना बालिकाको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मितुङ बस्ने २६ बर्षीय कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा सोही स्थानका पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए ।
सोही क्रममा कर्णबहादुर सारुले मामाकी ५ महिने छोरी धनमाया बाह्रघरेलाई उचाली पिँढीमा फाल्दा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
पिँढीमा फाल्दा घाइते भएकी बच्चाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा आइतबार साँझ निधन भएको हो ।
प्रहरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको र बालिकाको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा राखिएको प्रहरीले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै