[फ्युजन कविता] – जीवन युगीन

[फ्युजन कविता]
समथर भूगोलमाथी
सजाईएको पिरामिड आकृतिका
रंगीचंगी ताजिया !
होलि खेल्छन् –
आँखा देखि धेरै धेरै परको क्षितिजसम्म,
सौन्दर्य उहापोह फैलिन्छ
मन खुशीमा झुमेपछी
यहि संसार,
यही आत्मा
र भूगोल
आहा !
यहि धरा ! स्वर्गतुल्य लाग्छ ।
यो झकिझकाऊ
लाग्छ: हिँडिरहेछ,
तिमिलाई थाहै नदिई
तिम्रा चेहराभरी अनावश्यक धर्का थपिरहेको
समय !
मूठ्ठीभित्र कसेर रोक्न मन छ
यो मन !
यस्तै यस्तै
असम्भव उढानभित्र सम्भावना खोजेर हिँडिरहन्छ
र वालक झैँ पछ्याईरहन्छु म ।
थाहा छ यहि मनले
कुनै दिन, कुनै घडी
आँखाहरुलाई जरुर पगाल्ने छ
थोपा थोपा ….
ढिका ढिका…
तर
मन न हो
मनले नै मन पराईदिएपछी
आँखा र म
निसहाय छौं
आऊ !
शव्दहरुको डुङ्गा झैँ
एक भ्रम झैँ
एक साविरिणी झैं
युग्मका विम्व – कविर झैं
हिँडिदेऊ
कविताका स्वरहरुभित्र भविष्य कुर्ने
म हुनेछु
आदि- अन्त्यको दुवै किनारा सम्म
हृदय केन्द्र हो
म परिधी !
परिधी र केन्द्र दुवै धुमिल पारेर
तिमी फाँटै फाँट वेलगाम
आईरहेको
हेर्न मन छ
हो ! यो मन
मनकै लागि चल्मलाउँछ
गुनगुनाउँछ
भुन्भुनाउँछ
बिना पासपोर्ट जहाज चढ्छ
बिना अक्सिजन सिलिन्डर,
सगरमाथा पुग्छ
रोक ! अब यो पागलपन
गाऊ गीत,
देऊ इशारा
एक अनन्त:
नाद जस्तो पूर्णताका लागि ।
(भर्गो: प्रज्वलित भएपछी)
-जीवन युगीन