पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोला ओभरफ्लो भएर बग्न थाल्यो ,तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

म्याग्दी । शनिबार (हिजो) वेलुकीदेखि थुनिएको गुर्जा खोलोमा पानी ओभरफ्लो भएर बग्न थालेको छ ।
म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जा नदी शनिवार ५ बजेदेखि थुनिएको हो ।
धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदी ठूलो तलाउ बनेको छ ।
खोला थुनिएको बारेमा गुर्जा खोलाको क्षेत्रमा खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको र आफूले हिजो राती नै सम्वन्धित निकायहरुमा जानकारी गराइसकेको धवलागिरि गाउँपालिका १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिएनुभयो ।
गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ ।
‘पहाड खसेर नदी थुनिएको र ठुलो तलाउ बनेको खेतवारीको काममा गएका स्थानीयले खवर गरेका छन्, एकैपटक तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुनसक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराईएको छु’– वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।
नदी थुनिएको स्थानमा गुर्जाबाट पुग्न २ घण्टा बढी समय लाग्छ । अहिले विहान वडाअध्यक्ष छन्त्याल सहितको टोली खोला थुनिएको स्थानतर्फ प्रस्थान गरेको छ ।
थुनिएको खोलाको बाँध फुटेर एकैचोटी बग्न थाल्यो भने तटीय क्षेत्रका दर्जनौ बस्तीहरु जोखिममा पर्ने हुँदा तटीय क्षेत्रका वस्तीहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्याम कुमार राईले खोला थुनिएको खवर आएको र थप सूचना लिने प्रयास भैरहेको जानकारी दिनुभयो दिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै