लुम्बिनी प्रादेशिक अस्पताल: १८ घण्टाभित्र पाँच जना कोरोना संक्रमितको मृत्यु

१० साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरुमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
Source:Onlinekhabar

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै