“एक साँझ”

ek sajh

जयकार आक्रोश, नवलपुर,

‘केहि पाक्ने छ र त्यो खाएर म निदाउँनेछु यहि सोँच्दै ,
कोठा भित्र पस्न नभ्याउँदै ‘विदिसा’ मस्किन्छे ,
खुसिले सायद ,
यता र उता केहि न केहि उट्पट्याङ् गर्छे,
(टाउकोले र खुट्टाले एकैचोटि भुईँमा टेकेर केहि बेर नउठ्ने, हातमा केहि चिज छ भने फयाँक्ने, अनि ‘बाबा फा…’ भन्ने, खाटमा उफ्रिँदै नाचि गित लगाईदे भन्दै जिद्दि गर्ने, ‘दादुदा र हावा चिसो गित गाउन लगाउने अनि आँफु नाँच्ने, नाच्दा मामुले पनि तालि बजाउनु पर्ने.., काखमा आएर ५ सेकेण्ड बसेपछि फेरि बटारिँदै झरेर, ‘बाबा…, आ..नु.’ ‘बाहि.ल..’ भन्दै हिँड्नु) ,
…अनि म उसँगै उसका क्रियाकलापको एउटा साझि बन्छु, उसकै गुडियाहरुसँग आँफु पनि एउटा गुडिया बन्दाबन्दै उ निदाउँछे..!

प्रेमको एक अध्यायः त्यो दिनकोलागि अन्त्य भएको आभाष गर्दा नगर्दै सुस्ताउन खोजेको शरिरलाई बोकेर हृदय दौडन थाल्छ..,

खाटमा पल्टिएर फेसबुकका भित्तामा औँला डुलाउनु दैनिकि भित्रको केहि महत्वपूर्ण समय, भर्खर छोरि प्रतिको प्रेमले डल सम्म पनि बनेर, बाउ महषुस गरिरहेको ममा एकाएक परिवर्तन आउँछ…,
म गम्भिर हुन्छु,

देशभरी राजनितिक परिवर्तन छ…,
गठबन्धनका दलहरु, मन्त्रालयको लुछाचुडि र आफ्ना मान्छेलाई मुख्य पदहरुमा घुसाउने खेलमा, प्रतिपक्षमा पुगेकाहरु गठबन्धनका नेतालाई अरिङ्गाल, बाँदर, ढाडे र ढेडु भन्दै गालिका शब्द खोज्नमा व्यस्त… ।

लाखौँ जनता रोगले र भोकले मर्दै गर्दा..,
करोडौँ पैसा खर्चेर ताईँन तुईँको भाषण समारोह गरेपछि, तिनै समारोहका आयोजकहरु मध्ये एक पक्षले, समारोह आयोजनाको खर्च उठायो..,

आफ्नो पकेटमा पनि एक्स्ट्रा २÷४ जन्म सुतेरै खान पुग्ने जति सम्पत्ति कोच्यो अनि ..
अर्को पक्षको भरपाईकोलागि देश तयार हुँदैछ.., यस्ले पनि त समारोह गरेको छ करोडौँ पैसा बगाएको छ.., अब यस्ले पनि खर्च उठाउँछ.., खल्ति भर्छ र भोलि फेरी अर्को आउँछ…।

मेरो चिन्तनले कस्लाई के फरक पार्ला ?

मेरो योजना कस्ले सुनिदिन्छ र ?

यो देशमा हामि जस्ताको केहि चल्दैन !

जसरी हो सके कमाएर नसके जसो तसो चलाएरै भएपनि जिन्दगी बिताउनु छ…,
बस् जिन्दगी विताउनु छ…!

म यकछिन फेरी अल्मलिन्छु, आँफैमाथि प्रश्न गर्दै थिएँ…,

मैले चाहेर पनि..,
मैले जानेर पनि…,
तर…, किन यि विकृतिको वारेमा म बोल्दिन ?

यि लुटेराहरुको विकल्पमा अर्को शक्ति खोज्नुको विकल्पनै छैन…
म जान्दछु..,
तर म चुप छु ..,

विभिन्न समयमा देश चलाएर असफल सावित भैसकेका नेपालका सबै पार्टिहरुलाई बहिष्कार गर्नु पर्छ,
म जान्दछु..,
तर म चुप छु ..,

छानो क्षेत्रफल भएको नेपाल जस्तो राष्ट्रमा संघियता गलत साबित भै सक्यो..,
म जान्दछु..,
तर म चुप छु ..,

राष्ट्रघाती एम.सि.सि. सम्झौता गरेर देश बेच्न लाग्याछन्…,
म जान्दछु..,
तर म चुप छु ..,

..उफ्फ्फ्…
राष्ट्रप्रेम जागृत भएको रे, म आँफैसँग मुस्कुराउँछु.., अब सुत्ने तरखर गर्नुपर्छ भोलि बिहानै फेरि जागिर जानु छ…

जागिर…,

अँ.., उहि हो मन्त्री र नेताहरुको दैनिकि सुनायो, कोरोनाले कतिलाई लयो, र आज फेरी क कसलाई समात्यो जानकारी दियो.., नयाँ पनि धेरै कुरा हुन्छन्.. धेरै कुरा सम्झिन गाह्रो छ…,

अघि बाटोमा आउँदै गर्दा.“..भैसिँको दुध लिएर आउनुहोला..” गृहमन्त्रालयद्धारा जारि गरिएको निर्देशन थियो .., बाटोको वरिपरि रहेका पसलहरुमा दुध बेच्ने पसल छ कि हेर्दै अगाडि बढ्दै थिएँ..,

करिब १० मिनेटको हिँडाई सम्म पनि दुध बेच्ने पसल देखिँन.., हल्का थकानको सुस्केरा हाल्दै आँखा तन्काएर अलिक पर सम्म हेरेको आँखै अगाडि ‘थापा दाईको मासु पसल’ लेखिएको देखेँ..,
झनक्क भएर आयो…,

त्यो थापा दाईलाई गएर गालि गर्नुपर्यो
किन यहाँ मासु पसल राख्यौ, पसल राख्यौ ठिकै छ तर मासु पसलमा किन दुध राखेनौ ? खुरुक्क दुध राख, नत्र पुलिस बोलाउँछु ..हा हा हा…
यदि यसो गरेको भए ?
अनि हामि के गर्दै छौँ त ?

जानेका छौँ, देशमा गलत भैरहेको छ, जानेका छौँ, अब सम्पूर्ण नेपाली एक जुट भएर वर्तमान व्यवस्थाको विरुद्ध उठ्नुको विकल्प छैन,
तर हामि मासु पसलमा दुध नराखेकोमा रिस पोख्नमा नै व्यस्त छौँ ..,
अँ.., साँच्चि.., भोलि विहानै… जागिर..,

ek sajh1
मोबाईलमा आलाराम लगाउँछु विहान ४ः३० बजेको,
हरेक रात निदाएर भोलि पल्ट विहान नउठ्ने सयौँ नेपालिको संख्यामा म पर्छु पर्दिन थाहा छैन तर भोलि विहानको आलाराम लगाउनु मेरो एक साँझको अन्त्य पनि हो ।