स्याङ्जाका विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउने ८ जना प्रधानध्यापक पक्राउ – सम्झाइ बुझाई छाडियो

स्याङ्जा । कोरोना भाइरसको दोश्रो लहरले देशभर महामारीको रुप लिइरहेका बेला स्याङ्जामा भौतिक रुपमा विद्यालय खोलेर पठनपाठन गराउन खोज्ने प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना महामारीको विद्यालयमा भौतिक रुपमै पठनपाठन गराएको आरोपमा प्रधानध्यापकलाई पक्राउ गरिएको हो ।
निषेधाज्ञा उल्लघंन गर्दै भीरकोट, पुतलीबजार र चापाकोटका केही विद्यालयले पठनपाठन संचालन गरेका थिए ।
सूचनाको आधारमा र प्रहरीको प्रत्यक्ष अनुगमनबाट विद्यालयमा पठनपाठन भएको भेटिएपछि पहिलो पटक प्रअहरुलाई सम्झाएर छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार भौतिक रुपले विद्यालय संचालन गर्न खोज्ने प्रअ तथा शिक्षकलाई निगरानी गरिने र कडाईका साथ निषेधाज्ञाको पालना गर्न लगाइने छ।
बैशाख २१ देखि प्रशाशनले निषेधाज्ञा लगाउँदै आएको छ। निषेधाज्ञा अवधिभर विद्यालयमा पठनपाठन नगर्न आदेश जारी गरिएको छ ।
पुनः विद्यालय संचालन गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै