कास्कीका २५५ सहित देशभर थप ३ हजार ८ सय ४० जनामा संक्रमण,,थप ३३ जनाको मृत्यु

साउन १३, कास्की,

गण्डकी प्रदेशमा थप ६ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय ७ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय २५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
थप संक्रमण पुष्टि हुनेमा कास्कीका २ सय ५५ जना सहित नवलपुरका ७७ जना, बागलुङका ६३ जना, तनहुँका ६० जना, स्याङ्गजाका ५० जना, गोरखाका ४७ जना, म्याग्दीका ३२ जना, पर्वतका २१ जना र लमजुङका २० जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६६ हजार २८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७६ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ६१ हजार ३७० पुगेको छ ।
त्यस्तै बुधबार गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ४ जना सहित, स्याङ्गजाका दुई तथा नवलपुर र बागलुङका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०७४ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच देशभर थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७९१ पुगेको छ ।
गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 6 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *