लोकाहा खोलामा माछा मार्दा कारवाही हुने

देवचुली नगरपालिका वडा नं १० र कावासोती नगरपालिकाको सिमानाको रुपमा रहेको लोकाहा खोलामा माछा मार्न निषेध गरिएको छ । बर्षायम सुरु भएसँगै लोकाहा खोलामा माछा मार्ने कार्य सुरु भएकाले देवचुली वडा नं १० ले एक विज्ञप्ती जारी गर्दै माछा मार्न रोक लगाएको हो ।
माछा मार्नका लागि विद्युतीय तार (करेन्ट) विष्फोटक पदार्थ र विषालु पदार्थ (विष) प्रयोग भएको पाइएकाले उक्त कार्य तुरुन्त बन्द गर्न लागिएको देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष केशर आलेले जानकारी दिनुभयो ।
उहाँले यस्तो कार्यले मानवीय क्षति हुन सक्ने हुँदा पहिले नै सचेत भई माछा मार्न रोक लगाइएको बताउनुभयो । उक्त कार्य गरेको पाएमा जलचर संरक्षण ऐन २०१७ को दफा ३ देखि दफा १५ बमोजिम कारवाही हुने विज्ञप्ती मार्फत जनाइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता