साउन २१ गते बिशेष नगरसभा बोलायो

देवचुली नगरपालिकाले साउन २१ गते बिशेष नगरसभा बोलाएको छ। यस भन्दा अघि घर जग्गाको हक हस्तानतरण तथा राजिनामा लिखित पारित गर्ने सिलसिलामा रजिस्ट्रेसन हुने लिखितमा थैली कायम गर्दा मालपोत कार्यालयले कायम गरेको रकम र पालिकाले कायम गरेको रकम मध्य बढी हुन आउने रकमलाई आधार मानि थैली कायम गर्ने भनि छलफल भएको थियो।
उक्त छलफलमा पालिकाले कायम गरेको रकम अन्य पालिकाको भन्दा बढी हुन आएपछि कारोबारमा कठिनाई भएको भनि जनप्रतिनिधि संगै स्थानीयवासीहरुको समेत गुनासो आएको हुनाले यसलाई हेरफेर गर्नको लागी नगरसभा बोलाइएको हो ।
नगरपालिकाका प्रशासकीय अधिकृत गोबिन्द सिग्देलको हस्ताक्षर सहित जारि गरिएको सुचनाको आधारमा सबै वडाहरुको हकमा नगर सभाबाट अर्को निर्णय नभए सम्म मालपोत , भूमिकर , तिरो तथा सम्पति कर , घर जग्गा मुल्याङ्कन कार्य रोक्का गरिएको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै