नक्कली सुन बेचेर ठग्न खोजेका ७ जना पक्राउ

कास्की प्रहरीले पहेँलो धातुलाई सुन हो भन्दै ठग्न खोज्ने एक गिरोहलाई पक्राउ गरेको छ । सुन भनेर पहेँलो धातु देखाएर बिक्री गरी ठगी गर्न खोजेको अभियोगमा बुधबार पोखरा २ मिरुवाबाट ७ जनाको गिरोहलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा म्याग्दी रघुगंगा -३ राखु घर भई मिरुवा बस्ने ४२ वर्षीया विमला दमाई, रुपन्देही देवदह -५ नमुना टोल घर भई पोखरा -६ फिर्के बस्ने ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका -३ पाउदुर घर भई पोखरा -३ मिरुवा बस्ने ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछाप सुकाजोर नगरपालिका -७ बिर्ता घर भई हाल पोखरा -१० राम बजार बस्ने २३ वर्षीय अनिल भुजेल रहेका छन्।
त्यसै गरी सर्लाही बागमती नगरपालिका -१ डापडाँडा घर भई पोखरा -१० राम बजार बस्ने ४२ वर्षीय इन्द्र बहादुर बलम पाकी, चितवन टाँडी नगरपालिका -२ घर भई पोखरा -८ सृजनाचोक बस्ने ३४ वर्षीय भुवन बिक र चितवन राप्ती नगरपालिका -९ घर भई पोखरा -१० राम बजार कृष्ण मन्दिर बस्ने ३५ वर्षीय प्रकाश परियारलाई पक्राउ गरिएको डिएसपी हमालले उल्लेख गर्नुभयो ।
हमालका अनुसार पोखरा ८ सृजनाचोक स्थित पर्वत सुनचाँदी पसलमा कालिगडको रूपमा काम गर्ने भुवन सहितका व्यक्तिले सुन भनेर 999.9 Fine Gold YS-180A लेखिएको ६५४ ग्राम नक्कली धातु बेची ठगी गर्न लागेको सूचनाका आधारमा प्रहरीको टोलीले उक्त धातु र ८ थान मोबाइलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको