स्याङ्जाका थप ५ जनाकाे मृत्यु

कोरोना संक्रमण भई पोखराका विभिन्न अस्पतालमा उपचाररत थप पाँच जनाको उपचारकै क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई पोखराको गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई पुरुष र तीन महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले शुक्रबार जानकारी दिएको छ ।
निर्देशनालायका अनुसार साउन १३ गते कोरोना संक्रमण पुष्टि भई पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत कास्कीकाे पाेखरा महानगरपालिका २७ का ६६ वर्षीय पुरुषको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो । त्यस्तै साउन १३ गते कोरोना संक्रमण पुष्टि भई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत कास्कीकाे अन्नपूर्ण गाँउपालिका ४ की ८० वर्षीया महिलाको बिहीबार निधन भएको हो ।
साउन ९ गते कोरोना संक्रमण पुष्टि भई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत कास्कीकाे मादी गाँउपालिका ५ की ४२ वर्षीया महिलाकाे शुक्रबार मृत्यु भएको निर्देशनालयले जनाएको छ । साउन २ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत स्याङ्जाकाे पुतलीबजार नगरपालिका १३ की ४३ वर्षीया महिलाको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।
साउन १ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत स्याङ्जाकाे पुतलीबजार नगरपालिकाका ४५ वर्षीय पुरुषको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८८ पुगेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै