लागुऔषध कारोबार भइरहेको अवस्थामा पक्राउ
लागुऔषधको कारोवार गर्ने गिरोहलाई प्रहरीले बुटवलको मैनाबगरबाट पक्राउ गरेको छ । मैनाबगरमा लागुऔषध कारोबार भइरहेको अवस्थामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन, नवलपरासी सरवाल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन र रुपन्देहीको शिद्धार्थनगर ३ बस्ने ४२ वर्षिय प्रकाश वानिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
प्रहरीले लु ६१ प ८९६८ नम्बरको यमाहा मोटरसाईकल र मोवाईल सेटहरु थान ४ समेत नियन्त्रणमा लिएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै