देवचुलीमा १३ कि.मि सडक कालोपत्रे
गत आर्थिक बर्ष २०७७/०७८ मा पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा जम्मा १३.६३ किलोमिटर सडक कालोपत्रे भएको छ । नगरपालिका भित्रका १७ वटा वडा भित्रका २५ कालोपत्रे योजना अन्तर्गत १३.६३ किलोमिटर बाटो कालोपत्रे गरिएको हो ।
उक्त योजनाका लागि संघीय, प्रदेश र स्थानीय तहबाट विनियोजन गरिएको बजेट मार्फत सडक कालोपत्रे गरिएको देवचुली नगरपालिका प्रशासन शाखा अधिकृत जिवलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने योजना भएपनि कोरोना भाईरस (कोभिड–१९) का कारणले सडक कालोपत्रे कामलाई अघि बढाउन नसकिएको बताउनुभएको थियो ।
आथिर्क बर्ष २०७६/०७७ मा देवचुली नगरपालिकामा करिब १९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको थियो । गत आर्थिक बर्ष ०७७/०७८ मा कालोपत्रे सम्पन्न गरेको मध्ये सबैभन्दा बढि र देवचुली वडा नं १ देखि ५ सम्मको (८ खण्ड) बाटो कालोपत्रे योजना अन्तर्गत रहि २ हजार ९ सय ५ दशमलब ६ मिटर र सबैभन्दा कम देवचुली वडा नं १६ अन्तर्गको ईलाका प्रहरी कार्यालय पूर्वको बाटो ६५ मिटर मात्र कालोपत्रे गरिएको देवचुली नगरपालिका पूर्वाधार विकास शाखा ईन्जिनियर टिकाराम बस्यालले बताउनुभयो ।
सडक विस्तार तथा कालोपत्र हुन बाँकी सडकको समेत काम हुने प्रक्रियामा रहेका छन् । केही सडकको निर्माण कार्य अघि बढिरहेको छ । नगरपालिकाले यस चालू आ.वमा नगरको विभिन्न स्थानका सडक कालोपत्र गर्न लागेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको