मेस्सी बार्सिलोना छाड्नुअघि गहभरि आँसु

अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भएका छन् ।

हलमा उपस्थित हुँदा नै उनका आँखा रसाएका थिए । २१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए ।

‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’ उनले भनेका छन् । मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो ।

तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले बताएको छ ।