साउनको सोमबार : शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो,

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् ।

व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।
यसैविच नवलपुरका विभिन्न धार्मिक स्थलहरूमा पनि विहानैदेखी भक्तजनहरूकाे भिडभाड देख्न सकिन्छ । नारायणी नदी किनार नर्मदेश्वर शिवालय मन्दिर त्रिवेणीधाम लगायतका क्षेत्रमा वर्षेनी श्रद्दालुहरूकाे भिड लाग्ने गर्छ ।