देउवाले पार्टीलाइ भिख माग्ने बनायः पाैडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस भिख माग्ने बनाएको भन्दै आक्रोश पोख्नु भएको छ ।

पौडेलले सोमबार सामाजिक सञ्जालमा महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको भन्दै आक्रोश पोख्नु भएको हो ।

नेता पौडेलले फेसबुकमा स्टाटसमार्फत पार्टीलाई निरिह अवस्थामा पुर्‍याउने नेतृत्वको चरम असफलता र लापरबाही यो भन्दा के हुन्छ भन्दै प्रश्न समेत गर्नु भएको छ।

त्यस्तै, पौडेले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति इंकित गर्दै असफल व्यक्तिहरु नै बारम्बार सत्ता सम्हाल्न पुग्ने गरेको आरोप लगाउनु भएको छ । उहाँ लेख्नुहुन्छ ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन् ।’

त्यस्तै, उहाँ थप्नुहुन्छ ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।’ आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । उहाँ प्रश्न गर्नुहुन्छ ‘यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’