चितवनमा सात ठाउँमा चोरी गरेको आरोपमा एक पक्राउ

चितवन प्रहरीले विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका विभिन्न सात स्थानबाट आठ लाख ९९ हजार ९६१ रुपैयाँ चोरी गरेको आरोपमा नगदसहित २८ वर्षीय केशव प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रजा राप्ती नगरपालिका वडा न.१२ धाङवाङगैरी घर भई रत्ननगर नगरपालिका वडा न. ९ जानकीटोल बस्ने गरेका छन् । उनलाई आठ लाख ९९ हजार ९६१ रुपैयाँ नगद र चोरी गर्न प्रयोग गरेका विभिन्न औजारसहित आइतबार पक्राउ गरिएको हो ।
चोरी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतवाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको चितवन प्रहरीले आज प्रेषित गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनले विभिन्न मितिमा रातको समयमा घर कोठामा मानिसहरु सुतिरहेको मौका पारी घर भित्र प्रवेश गरी नगद तथा सुनका गरगहनाहरु चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत