ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार

कास्की प्रहरीले ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । पोखरा २५ हेम्जा मसिनाबगर सहस्र घाट स्थित सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका पोखरा -२५ हेम्जाका ६३ वर्षीय रामचन्द्र थापाले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अवैध रूपमा गिट्टी, बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा आइतबार नदी क्षेत्रमा खटिएको प्रहरी टोलीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गर्ने र हातपात समेत गर्ने प्रयास गरेपछि थापालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।
थापालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको हमालले उल्लेख गर्नुभयो ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको