जटिलता नेकपाकै कारण निस्केको हो निरुपण पनि उसैले गर्नुपर्छ : गगन थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलाले थप जटिलता निम्त्याएको बताए। सर्वोच्च अदालतले आइतबार नेकपा पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
नेकपाकै कारणले जटिलता निम्तिएको भन्दै थापाले त्यसको निरुपण पनि नेपाल कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने प्रतिक्रिया दिए। ‘संसद भनेपछि राष्ट्रियसभा पनि हो।
उपनिर्वाचन भइसकेको छ। उहाँहरू कुन पार्टीको हो? कहाँ लगेर फर्काउने? कुन विन्दुमा लगेर फर्काउने? सम्मानित सर्वोच्च अदालतले अहिले गरिदिएको निर्णय पछि आउने जटिलताहरु धेरै छन्’ थापाले भने,‘यसको गाँठो हामीले पारेको पनि होइन। हामीले फुकाउने पनि होइन। हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ भित्र अब दुईवटा दलको अस्तित्व रह्यो।’
नेता थापाले नेकपा माओवादी केन्द्र र नेकपा एमाले रहेको भन्दै प्रधानमन्त्री कुन धाराको हो र कुन दलको प्रधानमन्त्री हो ? सभामुख कुन दलको हो? सभामुखको लैंगिक पहिचान पो छ त। तर कुन पार्टीको मान्ने? सभामुखलाई गाई कि त्रिशुल गर्ने कि? कता तिर लैजाने? भन्दै प्रश्न गरे।
अदालतले माग्दै नमागेको कुरामा प्रवेश गरेपछि त जटिलताहरू पनि फर्किफर्कि ढोका ढकढकाउदै फेरी अदालत नै जाने भन्दै थापाले यसले थप जटिलताहरू निम्त्याउने बताए। थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बुधबारको बैठकमा ल्याएमा बैठक चल्न नसक्ने बताए।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै