कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको अर्को मिति तय गर्ने मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनसनमा रहेकाले बैठक बुढानीलकण्ठ बस्न लागेको हो ।
बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ । कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा पार्टीको १४ औ महाधिवेशन अनिश्चित बनेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशन भएपनि तोकिएकै मितिमा गर्न माग गरेको छ भने सभापति शेरबहादुर देउवा महाधिवेशन सारेर मंसिरमा गर्ने पक्षमा हुनुहुन्छ ।
कांग्रेसले भदौ १६ बाट १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सक्नेगरि अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्यता विवाद देखाउँदै गाउँ-नगरको वडा अधिवेशन, गाउँ-नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन ( एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला) अधिवेशन स्थगित भइसकेको छ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै