अब अनलाइनबाटै लिन सकिन्छ , खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र ।
कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ।
शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो।
कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ। त्यसैलाई मध्यनजरमा राख्दै अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/ अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्नेछ।
अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतःभेरिफाई हुनेछ।
यस विषयमा कुनै समस्या भएमा जनस्वास्थ्य अधिकृत दिपक झालाई मोबाइल नम्बर ९८४३२८४३५२ मा सम्पर्क गर्न भनिएको छ।
यसअघि मन्त्रालयले विदेश जानेहरूको लागि टेकु अस्पतालबाट प्रमाणीकरण गरिँदै आएको थियो। खोप प्रमाणीकरण गर्नेको संख्या बढेसँगै मन्त्रालयले पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत गरिँदै आएको थियो। उपत्यका बाहिरको हकमा ५० शय्याभन्दा माथिका सरकारी अस्पतालहरूबाट समेत खोप प्रमाणीकरण गर्ने मन्त्रालयले जानकारी दिएको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय