पहिलो इनिङमा ३६४ रन पछ्याउँदै इङ्‌ग्ल्याण्ड

काठमाडौं : ​भारत र इङ्‌ग्ल्याण्डबीच जारी पाँच खेलको टेस्ट सिरिजको दोस्रो खेलको पहिलो इनिङमा भारतले ३६४ रन बनाएर अलआउट भएको छ।

 

 

जवाफी इनिङ शुरू गरेको इङ्‌ग्ल्याण्डले दोस्रो दिनको समाप्तिमा ३ विकेट गुमाएर ११९ रन बनाएको छ। जोनी ब्यारिस्टोले ६ रन तथा जो रुटले ४८ रन बनाएर अविजित छन्।

रुट टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने इंग्लिस खेलाडीको दोस्रो नम्बरमा  पुगेका छन्। उनले ग्राहम गुच ९८९०० रन० लाई पछि पारे। रुटले यो इनिङमा गुचलाई पछि पारे। उनी यो इनिङमा १३ रनले पछि थिए। एलेस्टर कुक सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्।

एलेस्टर कुकले १२४७२ रन बनाएका छन्। मोहम्मद सिरजाले १५ ओभरमा लगातार २ बलमा दुई विकेट लिए। उनले दोस्रो बलमा डोम सिब्ली तथा अर्को बलमा हसीब हमीदलाई पेभिलियन पठाए।

सिब्लिले ११ रन बनाएर आउट भए। हमीद भने शून्य रनमा पेभिलियन फर्किए। त्यसपछि रोरी बर्नन्स र रुटले टीमको स्कोर समाले बर्नस अर्धशतक बनाउन चुके। उनी ४९ रनमा मोहम्मद सामीको बलमा एलबीडब्ल्युको सिकार भए। बर्नस र रुटले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गरे।

भारतीय टीमले लर्डस मैदानमा संयमित इनिङ खेल्यो। पहिलो इनिङमा यो मैदानमा ५१ पटक ३५० माथिको स्कोर भएको छ।

भारतले पहिलो दिन राम्रो प्रदर्शनका बाबजुत दोस्रो दिनमा भने मध्यक्रम सम्हालिन सकेन। भारतले दोस्रो दिन २७६ रन बनाएर ३ विकेट गुमाएको अवस्थाबाट दिनको खेल शुरू गरेको थियो।

भारतले ८८ रन बनाउँदा ७ विकेट गुमाएका थिए। भारतका लागि लोकेश राहुल (केएल) ले सर्वाधिक १२९ रन बनाएका थए। जेम्स एन्डरसनले ५ विकेट लिएका थिए।