जुम्लामा बाढीले बगाउदा एकै घरका तीनजनाको मृत्यु

जुम्ला : बाढीले बगाएर तातोपानी गाउँपालिका–७ का एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवन चौधरीका अनुसार ६० वर्षीय बीर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका १० वर्षीय छोरा सन्देशको मृत्यु भएको हो। बिर्खे रावत जैसरीका जेठाजु हुन्।
सेतक चिनी कोरेर पाटनबाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा बाढीले उनीहरुलाई बगाएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए। उनले भने, ‘बाढी आएर पानी थुनिएको रहेछ। उनीहरु खोला तर्ने र थुनिएको बाढी फुट्ने बेला सँगसँगै भएपछि उनीहरुलाई बगाएको रहेछ।’
उनीहरु साउन २८ गते साँझ घर फर्किएका थिए। राति अबेरसम्म पनि घर नपुगेपपछि परिवारका सदस्यले खोजी थालेका थिए। शुक्रवार वडा नम्बर ७ का वडा अध्यक्ष मर्कर रावत र टोप्ला प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुको शव फेला पारेको थियो।
प्रहरी निरीक्षक चौधरीका अनुसार खोलाबाट तीनैजनाको शव निकालिसकिएको छ। उनीहरुको दाहसंस्कार शनिबार गरिने छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै