संगित बुझेर यसमा प्रवेश गर्दा सफलता मिल्छ । गायक तथा संगितकार ढकाल

गायक तथा संगितकार विशाल ढकाल हाल अष्ट्रेलियामा छन नवलपुरको गैडाकोट नगरपालीका ५ स्थायी घर भएका ढकाल वुवा कुलप्रसाद र आमा दुर्गामाया ढकालको कोखबाट जन्मियका हुन ।
मध्यम वर्गिय परिवारमा हुर्केका ढकालले स्थानिय बाल बिकास स्कुलमा १९ बर्षसम्म शिक्षकको रुपमा काम गरेका थिए । उन्का श्रीमती छोरा छोरी समेत छन ।
सानैदेखी गित संगितमा रुची राख्ने ढकालले स्वरसम्राट नारायण गोपाल,भक्तराज आचार्य ,फतेमान लगायतका गाएकका गितहरु अत्याधिक मात्रामा सुन्ने गर्थे । उनै कलाकारहरुको प्रेरणाबाट नेपाली सुगम संगितमा पाइला चालेको उनी बताउछन ।
यसै विषयमा हाम्रा सहकर्मी हरि सुवेदीले गरेको छोटो वार्ता यहासमक्ष प्रस्तुत गरेका छौ ।
संगित क्षेत्रमा कसरी प्रवेश गर्नुभो ?
विस २०५६ सालबाट संगित क्षेत्रमा प्रवेश गरे । ५ ओटा एल्वम निस्केको छ । मेरै संगितमा करिव २०० भन्दा वढी गितहरु बजारमा आइसकेका छन ।
जसमध्ये २ वटा गितवाट उत्कृष्ट रचनाकारको रुपमा राष्ट्रीय उपाधी समेत प्राप्त गर्न सफल भएको थिए । अन्य थुप्रै स्थानिय अर्वाडका साथै एक दर्जन भन्दा बढी संघ सस्थाहरुवाट सम्मानित समेत भएको छु ।
कयौ स्थानिय सस्थाहरुले आयोजना गर्ने वर्ष पुरस्कारबाट सम्मानित हुनका साथै नेपाल सरकारवाट २०७५ शालको नवलपरासी जिल्लाको उत्कृष्ट युवा पुरस्कार वाट समेत पुरस्कृत हुन सफल भएको थिए ।
एउटा कुशल गाएकको रुपमा छवि वनाइसक्नु भएको थियो पछिल्लो समय गायन भन्दा संगितमा वडी लगाव कसरी ?
गाउन भन्दा संगित अलि गाह्रो विषय हो भन्ने वुझ्दै जादा संगितमै आनन्द आउन थाल्यो त्यसपछि यहि वाटोमा निरन्तर छु ।
नेपाली सुगम संगित क्षेत्रनै रोज्नुको कारण, एक से एक कलाकार जन्मिरहेका छन पछिल्लो समय ?
प्रतिभाहरु धेरै छन तर नेपाली सुगम संगितमा केही फरक गर्छु भन्ने मनसायले यो क्षेत्रमा अग्रसर हुन पुगे ।
संगित क्षेत्रको प्रतिस्र्पधात्मक क्षणमा आफुलाइ कुन स्थानमा पाउनुहुन्छ ?
सांगितिक क्षेत्रमा म भन्दा अग्रज संगितकारहरु धेरै हुनुहुन्छ । जो मेरा लागी आदरणीय हुनुहुन्छ । उहाहरुको अगाडी त म वल्ल फक्रदै गरेको कोपीला जस्तो महसुस हुन्छ तर पनि संगित क्षेत्रमा केही नयापन दिन सकिन्छ कि भन्ने आसमा संघर्षरत छु हेरौ समयले कतिको साथ दिन्छ ।
नाम चलिसकेका क्षमता पनि भएका तर खासै चर्चामा नआएका गाएक तथा संगितकारहरु सग पनि काम गर्नुभएको छ कस्ता सर्जकहरु सग काम गर्दा सजिलो महसुस गर्नुभो ?
मलाइ सवै सग काम गर्दा उस्तै खालको व्यवहार महसुस हुन्छ सर्जक नया या पुरानो भएर फरक पर्ने होइन संगितकारमा भर पर्छ । माहोल मिलाउने काम नै संगितकारको हो ।
हरेक दिन जस्तो नया अनुहारहरु संगित क्षेत्रमा प्रवेश गरेको देखीन्छ तर निरन्तरता दिएको पाइदैन किन होला ?
यो क्षेत्रमा धेरै सर्जकहरुले पाइला त राख्नुभएको छ तर लामो समय सम्म निरन्तरता दिन सक्नुभएको छैन । पछिल्लो समय सोख र रहरका कारण पनि यस्तो भएको जस्तो लाग्छ यो क्षेत्र बुझेर पाइला चाल्यो भने भविष्य नभएको होइन तर सोखको लागी मात्र यो क्षेत्रमा लागेर सफलता प्राप्त गर्न सकिदैन । लगाव र निरन्तरताले सफलता प्राप्त गर्न सकिन्छ ।
नेपाली सांगितिक क्षेत्रमा यहाको कस्तो खालको योगदान रहन्छ भविष्यमा ?
मेरो धेरै ठुलो सपना छैन वस नेपाली संगित क्षेत्रमा काम गर्दै जादा दर्शक श्रोताको माया पाइरहु नेपाली सुगम संगित क्षेत्रलाइ अझै उचाइमा लैजान सकुं यहि कामना छ । धन्यावाद ।

शुक्रबार, भदौ २२, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै