युद्धको लाभाले अफगानिस्तान क्षतविक्षत, सबैभन्दा बढी मारमा परे बालबालिका
एजेन्सी । एकातिर गोलाबारुदको होली अर्कातिर यी निर्दोष बालबालिकाको बालवय । यिनीहरुलाई न कसैसंग लिनु छ, न दिनु छ । न यिनीहरु बन्दुकको भाषा बुझ्छन, न बन्दुक चलाउनेहरुको स्वार्थसंग चासो छ ।
बस उनीहरु फल्न, फुल्न र फक्रिन चाहन्छन् । माया, ममता र प्रेम पाउने यो समयमा आँखाभरि त्रास छ । न नाना, न खाना, न छाना बरु एकमुठी सासका लागि तडपिनुपर्ने अवस्था छ । यत्र, तत्र, सर्वत्र बालबालिका, महिला र समाजका सम्मानित ज्येष्ठ नागरिकको बेहाल छ । एक टुक्रो पाउरोटीका लागि घण्टौ लाइन बस्नुपर्ने स्थिति छ ।
गृहयुद्धले हजारौं बालबालिका मारिएका छन् । अनाथ र अपांग भएका छन् । टुहुरा हुनेको संख्या गनेर साध्य छैन । गोला र बारुदको आवाजका बीच उनीहरुको दिनचर्या बित्दो छ । कतिबेला कस्तो परिस्थितिको सामना गर्नुपर्ने हो ठेगान छैन । डर र त्रासका बीच कलिला यी मुना पीडा लुकाएरै पनि हाँस्न चाहन्छन् । अभिभावक साथमै भएपनि अभिभावकत्व दिने सामथ्र्य उनीहरुमा छैन ।
आफ्नो थातथलो छोडेर पलायन हुनुको दुर्दशाले अफगानी नागरिकको जीवन पद्धति नै ध्वस्त बनाएको छ । बालबालिकाको भविष्य अँध्यारो सुरुङमा पसेको छ । जसको वर्तमान अनिश्चित छ भने भविष्य के होला त्यो कहालीलाग्दो क्षणले उनीहरुलाई तर्साउँछ । जमिन घर र आकासलाई छानो बनाउनु यी अबोध बालबालिकाको नियति बनेको छ । थाहा छैन, बन्दुक र बारुदको यो खेलले यी बालबालिकाको जीवन कता डोरिने हो ?
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी