असुरक्षित अफगानिस्तानमा सुरक्षा प्रदान गर्दै नेपाली गार्ड

अफगानिस्तानमा कार्यरत नेपालीहरूको उद्धारकार्यका लागि विदेशीहरूले चासो देखाएका छन् । अधिकांश नेपालीहरू ग्रिन जोनमा सुरक्षाकर्मीका रूपमा कार्यरत भएकाले अन्य कर्मचारीको उद्धार भइसकेपछि आफ्नो पालो आउन सक्ने उनीहरूको अपेक्षा छ ।
हामीले अन्तिमसम्म ड्युटी गर्नुपर्ने हुन्छ,’ अफगानिस्तानस्थित जर्मनी नियोगमा कार्यरत एक नेपालीले नाम नछाप्ने शर्तमा भने, ‘अरूको उद्धारपछि हाम्रो पालो आउँछ होला ।’
अफगानिस्तानमा झन्डै १२ सयको हाराहारीमा नेपालीहरू सुरक्षा गार्डका रूपमा विभिन्न ग्रिन जोनमा कार्यरत छन् । त्यस्तै, केही सङ्ख्यामा हाई स्किल (डाक्टर, नर्स, इन्जिनियरलगायत) जनशक्ति पनि छन् ।
तालिवानको बयानले हटेको त्रास
आइतबार तालिवानी विद्रोहीले चारैतर्फबाट काबुललाई घेरा हालेपछि केही त्रास बढेको थियो । तर, तालिवानले तत्कालै काबुलभित्र नछिर्ने बयान दिएपछि टकरावको सम्भावना कम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको विश्लेषण छ ।
‘हाम्रा लडाकु सहरको बाहिरी इलाकामा छन् । तर अहिल्यै, सहरभित्र पस्ने छैनन् । वर्तमान सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको विषयमा हाम्रो कुराकानी चलिरहेको छ,’ तालिवानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि तालिवानका प्रवक्ता सुहाइल साहिनले कूटनीतिक नियोग र दूतावासहरूलाई तालिवान पक्षबाट कुनै खतरा नहुने बताएका छन् । ‘हामी कुनै पनि देशका कूटनीतिज्ञ र दूतावासलाई निशाना बनाउने छैनौँ । यो कुरा हामीले एकपटक नभएर पटक–पटक विज्ञप्तिमार्फत बताइसकेका छौँ । हाम्रा यी प्रतिवद्धताहरु सञ्चार माध्यममा प्रकाशित भइसकेका छन्,’ उनले भने ।
अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले पनि सङ्क्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरिने जनाएका छन् ।
‘अफगान जनताले चिन्ता गर्नुपर्दैन… सहरमा कुनै हमला हुँदैन । सङ्क्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुनेछ,’ रेकर्डेड सन्देशमा उनले भनेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत