को हुन् असरफ घानी, अफगानिस्तान छाडेर कहाँ गए ?
३२ साउन, काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् ।
सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता लागेको थियो । यद्यपि अलजजिराले भने राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको छ । अलजजिराले राष्ट्रपतिको व्यक्तिगत बडिगार्डलाई उद्धृत गर्दै सो कुरा जनाएको हो । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि हुन बाँकी छ ।
फेसबुक पोष्टमार्फत् अफगानिस्तानका नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले देश छाड्ने निर्णय कठिन थियो भनेका छन् । उनले रक्तपात रोक्नका लागि यस्तो निर्णय लिन बाध्य भएको पनि बताएका छन् । तालिबान काबुलमा आएपछि झडप हुने र त्यसबाट लाखौं जनताको जीवन खतरामा पर्ने भएकाले देश छाड्न बाध्य भएको उनको भनाइ थियो ।
उनले भनेका छन्, ‘आज मलाई एक कठिन निर्णय लिनु थियो या त म सशस्त्र तालिबान, जो राष्ट्रपति भवनमा प्रवेश गर्न चाहन्थे, उनीहरुको अगाडि उभियौं, या आफ्नो प्यारो देश, जसको सुरक्षाका लागि मैले २० वर्ष खर्चिएँ, त्यसलाई छोडुँ ।’
‘यदि यस क्रममा अनगिन्ती मानिस मारिन्छन् र काबुल शहर ध्वंस हुन्थ्यो भने ६० लाख जनसंख्या भएको शहरमा ठूलो मानवीय त्रासदी हुन्थ्यो ।’
उनले अगाडि भनेका छन्- तालिबानले तलबार र बन्दुकको बलमा जित हासिल गरेका छन् र अब देशका जनता, सम्पत्ती र सुरक्षाको जिम्मेवारी तालिबानमाथि छ । यदि उनीहरुले मन जित्न सकेनन् भने इतिहासमा कहिल्यै कसैलाई यो अधिकार केबल बलपूर्वक पाएको छ र यो कहिल्यै पाउने छैन । अब उनीहरुले एक ऐतिहासिक परीक्षाको सामना गर्नुपर्नेछ । उनीहरुले अफगानिस्तान वा अन्य क्षेत्र र सन्जालको नाम तथा प्रतिष्ठा बचाउनु पर्ने छ ।
को हुन् असरफ घानी ?
असरफ घानी अफगानिस्तानमा दुई पटक राष्ट्रपति बने । उनी पहिलो पटक सन् २०१४ र दोस्रो पटक सन् २०१९ मा राष्ट्रपति चुनिएका थिए ।
उनी एक पूर्वप्राविधिक शास्त्री हुन् । उनलाई देशको चर्चित शिक्षाविदको रुपमा पनि चिनिन्थ्यो । उनले आफ्नो करिअरको अधिकांश समय अफगानिस्तान बाहिर नै बिताएका छन् । तर उनी कयौं वर्षको युद्धपछि अफगानिस्तानको पुनर्निर्माणका लागि फर्किएका थिए ।
जब उनले राष्ट्रपति पद सम्हाले, त्यतिबेला उनले एक इमान्दार व्यक्तित्वको पहिचान बनाए । यद्यपि उनलाई छिट्टै आवेशमा आउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।
देशको बहुसंख्यक पुश्तन समुदायका घानीले सन् २०१४ मा यस्तो बेलामा राष्ट्रपति पद सम्हाले, जतिबेला अधिकांश विदेशी सैनिकले अफगानिस्तान छोडिरहेका थिए ।
उनले देशबाट विदेशी सेना फिर्ता हुने र तालिबानसँग लगातार झगडालु शान्ति वार्तामा नजर राखिरहे । तर तालिबानले उनी नेतृत्वको सरकारलाई सधैं अमेरिकाको कठपुतलीको रुपमा प्रचार गरिरह्यो ।
https://www.nsancharonline.com/archives/4645?p=4645कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/4645?p=4645२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/4645?p=4645पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/4645?p=4645दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/4645?p=4645काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/4645?p=4645दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/4645?p=4645कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/4645?p=4645एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/4645?p=4645गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/4645?p=4645चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति