डिजिटल बन्दै बसपार्क : बिचौलियाको ठगी र सीट नपाएको गुनासो अन्त्य हुने विश्वास

  • समाचार
  • २०७८ श्रावण ३२, सोमबार २१:५१

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा टिकट काट्दा अब बिचौलियाको ठगी र सीट नपाएको गुनासो गर्नुनपर्ने भएको छ ।

बसपार्क व्यवस्थापनले डिजिटल प्रविधिमा टिकट उपलब्ध गराउन थालेपछि यात्रु ठगिन कमी भएको छ । यसरी टिकट काटदा यात्रुको रोजाइ र रुचिअनुसारको टिकट पाइने बसपार्क प्रशासनले जनाएको छ ।

फिल्म हलमा झैँ बिक्री भए नभएको टिकट टाढैबाट ठम्याउन सकिन्छ । कुनै विचौलियाले अल्मल्याउन पाउने छैन । यसले बिचौलिया प्रथा अन्त्य हुने बसपार्कका कर्मचारी जीवन ढकालको विश्वास छ ।

टिकट काटेको स्पष्ट रेकर्ड वर्षौंसम्म सुरक्षित रहनेछ । यो प्रविधिसँगै टिकट काउन्टरका कर्मचारी आफूहरुमाथि लाग्ने गरेको आक्षेपबाट मुक्ति पाउने बताउँछन् ।

‘चाडबाडमा हामीलाई टिकट लुकाएको र आफ्ना मान्छेलाई दिएको आक्षेप लाग्ने गर्थ्यो,’ ढकाल भन्नुहुन्छ, ‘यो सिस्टम लागू भएसँगै अब हामीले त्यस्ता आक्षेपबाट पनि मुक्ति पाउनेछौं ।’

समयअनुकूल परिष्कृत यो प्रविधिले यात्रु पनि खुशी छन् । यसले समयको बचत, सुरक्षाका दृष्टिले समेत ढुक्क हुने अवस्था रहेको उनीहरूको ठहर छ ।

उडान सेवालाई मात्र महत्वको कोटीमा राख्ने परम्परा विपरीत बसपार्कमा देखिएको यो परिवर्तन आफैँमा सकारात्मक प्रयास हो । यसलाई दिगो र विश्वसनीय बनाई निरन्तता दिनु आवश्यक छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *