नारायणहिटीभित्र वन्यजन्तुका छाला र अवशेष छरिएको अवस्थामा : बजेट र दक्ष जनशक्तिको अभावले संरक्षणमा समस्या
काठमाडौं । राजा महाराजाको सान र सौगात झल्काउने गरी दरबारमा सजाएर राखिएका वन्यजन्तुका छाला तथा त्यसबाट बनाइएका ट्याक्सीडर्मी कलाका सामग्रीको बेहाल भएको छ ।
राजपरिवारलाई उपहार प्राप्त र शिकार गरिएका जनावरको छाला नारायणहिटी संग्रहालयमा यत्र, तत्र छरिएको अवस्थामा छन् । यसको संरक्षणमा न कसैको चासो छ, न इच्छाशक्ति नै ।
यहाँ भएको हिउँ भालु, २०२४ सालमा राजा महेन्द्रलाई अलास्काबाट उपहार प्राप्त भएको थियो । कास्की बैठकमा रहेको पाटेबाघको छाला राजा वीरेन्द्रको पालामा शिकार गरिएको थियो । गोरखा बैठकमा रहेको बाघ नेपालमै शिकार गरिएका हुन् ।
कर्णाली नदीमा राजा वीरेन्द्रले २०३१ सालमा शिकार गरी दरबार ल्याइएको थियो घडियाल गोही । यस्ता सामग्री भण्डारण गर्न राजदरबारमा छुट्टै ठाउँको व्यवस्था गरिएको थियो । जसलाई फारसखाना भनिन्थ्यो । अहिले त्यो फारसखाना आफैं संकटमा छ ।
दरबार संग्रहालयमा परिणत भएपछि फारसखाना अहिले फोहोर जम्मा गर्ने थलो बनेको छ । दशकौं अघिको इतिहासका साक्षी बनेका यी अमूल्य कला संरक्षणमा सरकारले बजेट नदिएको नारायणहिटी संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘आकृति तयार पार्ने र औषधि गरेर जस्ताको तस्तै राख्ने दक्ष जनशक्तिको अभावका कारण व्यवस्थित गर्न सकिएन ।’ राजाको शासन अन्त्यसँगै विरुप बनेका यी सम्पदा संरक्षणका लागि कुनै प्रभावकारी योजना संग्रहालय प्रशासनसँग छैन ।
हुम्ला कक्षमा रहेका कला सामग्री छरिएको अवस्थामा छन् । हात्ती र गैँडाका खुट्टालाई टेबुल ल्याम्प बनाएर गरिएको प्रयोग आफैँमा अनुपम लाग्छ । जे जस्तो भए पनि नेपालको गहनाका रूपमा परिचित यी दुर्लभ जनावरका छाला र तिनको अवशेष कुहिएर खेर नजाओस् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी