१ अर्व २ करोड ३५ लाख वढिको अनुमानित बजेट पारित गर्दै मध्यविन्दु नगरपालिकाको नगरसभा सम्पन्न ।।
मध्यविन्दु नगरपालिकाको नवौं नगर सभा १ अर्व २ करोड ३५ लाख ४ हजार ९ सय ६५ रुपौया वरावरको अनुमानित वजेट सर्वसम्मतले पारित गरि सम्पन्न भएको छ ।
गत असार १० गते उद्घाटन भएको नवौं नगरसभामा पेश भएको निति कार्यक्रम एवम् वजेट आज पारित गर्दै नगरसभा सम्पन्न भएको हो ।
आगामि आर्थिक वर्षका लागि अनुमानित बजेट तर्फ आन्तरिक राजश्व तर्फ १८ करोड ४५ लाख ,वित्तिय समानिकरण अनुदान १६ करोड २० लाख, ससर्त अनुदान २७ करोड २० लाख , ससर्त अनुदान पुजिगत तर्फ २ करोड १७ लाख , समपुरक अनुदान २ करोड ३ हजार , विशेष अनुदान १ करोड ८७ लाख ,राजश्व वाड फाड वाट प्राप्त ११ करोड ४४ लाख ४५ हजार , गण्डकी प्रदेश वाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड ९६ लाख ९६ हजार ,समपुरक अनुदान १ करोड , राजश्व वाडफाड वाट प्रप्त १ करोड ६ हजार , गत वर्षको अनुमानित नगद मौज्दात १६ करोड २३ लाख १० हजार ९ सय ६५ नगद र जन सहभागिता २ करोड ७ हजार १ सय ७५ गरि १ अर्व २ करोड ३५ लाख ४ हजार ९ सय ६५ रुपौया बरावरको अनुमानित बजेट पारित गरिएको हो ।
नगर सभामा वोल्दै मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र वहादुर रानाले आगामि आर्थिक बर्षका लागि कोरोना संक्रमण रोकथाम र विपद व्यवस्थापनका लागि विशेष प्राथमिकता दिइएको वताउनु भयो ।
पारित निति तथा कार्यक्रममा चालु आर्थिक बर्षका योजनाहरुको निरन्तरताका साथै शिक्षा, कृषि,स्वास्थ्य, रोजगार लगाएतका क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।
सहुलियत पुर्ण कर्जा कार्यक्रम , बिद्यालयको शैक्षिक सुधारका लागि अनुदान, फोहोर मैला व्यवस्थापन केन्द्र स्थापना, घर घरमा स्वच्छ खानेपनी उपलव्धता, पर्या पर्यटन को विकाश , पशुपालनवाट रोजगार वढाउने, गरीबी घटाउने अभियान, एक वडा एक उत्पादन एक वडा एक कृषि समुह,उप प्रमुख चेली वचाउ तथा पढाउ कार्यक्रम, विदेशबाट रोजगारी गुमाएका परिवारलाई सीपमुलक तालिम कार्यक्रम लगाएतका विभन्न योजनालाई प्राभमिकता दिइएको छ ।
आगामि आर्थिक वर्ष नगर भित्र पूर्वाधार निर्माणमा जनसहभागिता वढाई गुणस्तरीय पुर्वाधार निर्माण गर्ने , स्वास्थ्य क्षेत्रको सवलीकरण एवं स्तरीकरण गर्ने , बालवालिकाको विधालय पहुच एवं टिकाउपन तथा सिकाइको गुणस्तर अभिवृद्धि गर्ने, स्वरोजगारी एवं रोजगारी सृजनामा सहजीकरण गर्ने , भुमिहीन दलित, भुभिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सा गर्ने र आवश्यक निर्णयको लागि सम्वन्धित निकायमा पहल गर्ने , सामाजिक न्याय र समानता कायम गर्ने , समानुपातिक समावेशीताको आधारमा विकाश निर्माण र विकाशको प्रतिफल वितरण गर्ने , स्वच्छ वातावरण , प्रकोप न्युनीकरण र शहरीकरणलाई व्यवस्थित गर्ने , सुशासन प्रवद्र्धन गर्ने, राजस्वको दायरा वढाउने, कोरोना भाइरसको न्यु भेरियन्टलाई नियन्त्रण व्यवस्थापन र रोकथामका लागि प्रयाप्त बजेट विनियोजन गरी समस्याको समाधान गर्ने मुख्य उद्धेश्य राखिएको छ ।
नगर सभामा समंवोदन गर्दै मध्यविन्दु नगरप्रमुखर चन्द्र बहादुर रानाले उग्ध उत्पादनमा नगरलाई आत्मनिर्भर वनाउन प्रतिलिटर दुधमा १ रुपैया अनुदान को व्यवस्था गर्ने , सामुदायिक विधालयका शिक्षहरुलाई ल्यापटप खरिदमा साझेदारी गर्ने , विधालय वस खरिदमा अनुदान दिने लगाएतका कार्यक्रम समावेश गरिएको वताउनु भयो । त्यैगरी नगरवासिको स्वास्थ्य लाई पहिलो प्राथमिकतामा राख्दै आगामि आर्थिक बर्षको निति कार्यक्रम एवम् वजेट तर्जुमा गरिएको वताउनु भयो । कोभिडका कारण स्वास्थ्य क्षेत्र त चुनौति पुर्ण वनेको छ नै आर्थिक गतिविधि धरासायि हुने जोखिम र शिक्षा क्षेत्रमा नया चुनौति थपिने जोखिम वढेको नगर प्रमुख रानाले वताउनु भयो । मध्यविन्दु नगरपालिकामा नारायणी नदिको कटान र डुवानको जोखिम संग संगै पहाडि क्षेत्रमा पहिरोको जोखिम व्याप्त रहेको वताउनु भयो । त्यसैगरी उपप्रमुमखु ओमकुमारी महतोले महिला, बालवालिका, सिमान्तकृत समुदायको उत्थानका लागि आगामि वर्ष पनि रचनात्मक कार्यक्रमलाई समावेश गरिएको वताउनु भयो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले नगरवासिको जीवन स्तर उकास्ने गरि वजेट निर्माण गरिएको वताउनु भयो । मितव्ययि ढंगवाट खर्च व्यवस्थापन गर्ने निति लिइ नगरलाई समृद्धिको मार्गमा लैजाने लक्ष रहेको वताउनु भयो ।
त्यसैगरी नगरसभाको समापन सत्रमा वोल्दै मध्यविन्दु नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अमृत ज्ञावालिले मध्यविन्दु नगरपालिकाको वजेट देखि निति निर्माण सम्म अहिले सम्म सर्वसम्मत हुने गरेको वताउनु भयो ।
त्यसैगरी वडा नम्वर २ का वडा अध्यक्ष नारायण प्रसाद पौडेलले नारायणि तटिय क्षेत्रका जनताहरु सधै त्रासमा वाच्नु परेकाले विशेष व्यवस्था गर्नु आवश्यक रहेको वताउनु भएको थियो । कुशल नेतृत्वका कारण मध्यविन्दु नगरपालिकाका हरेक वैठक, नगरसभा सर्वसम्मत हुने गरेको उहाले औल्याउनु भयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी