+
+
-- Sponsored Ad --

प्रधानमन्त्री देउवा र डा.केसीबीच सहमति, सत्याग्रह कार्यक्रम स्थगित गरिने

395 पटक हेरिएको
Clock २०७८ भाद्र १, मंगलवार २२:४३
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा गोविन्द केसीले घोषणा गरेको सत्याग्रह स्थगित भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र केसीबीच भएको वार्तामा भदौ ३ गतेदेखि शुरु हुने सत्याग्रह कार्यक्रम स्थगित गरिएको हो ।

वार्ताका क्रममा पाँच बुँदे सहमति पनि गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । वार्तामा देउवाले सार्वजनिक पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले छलफल गर्न केसीलाई बालुवाटार बोलाएका थिए। वार्तापछिको सहमतिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा प्रतिष्ठानको विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाइने भएको छ ।

यस्तै पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरुको प्रतिवेदनहरुलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनसाथ प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । त्यस्तै प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्‍याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने लगायतका सहमति भएका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win