नवराज र गोपिकृष्णको निर्देशनमा पारिवारिक कथामा आधारित “बाटुली” सिरिजको शुरुवात

नयाँ पारिवारिक टेलिफिल्म ‘बाटुली’ प्रसारण सुरु भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको टेलिफिल्म न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो ।
सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’मा २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । निर्देशक चापागाईंले मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबिच हुने विभेदलाई टेलिफिल्ममा देखाइएको बताए । टेलिफिल्ममा गोपीकृष्णकै कथा छ ।
‘बाटुली’को निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व नवलपुरमा गरिएको हो । अर्का निर्देशक अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको छ ।
टेलिफिल्ममा मौसमी मल्ल, सिपी पौडेल, संगम भुषाल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुशी अर्याललगायतको अभिनय रहेको छ ।
अनिल लामिछानेको छायांकन रहेको ‘बाटुली’मा शारदा पौडेलको श्रृंगार, वीरेन्द्र भाट ‘विपिन’, निरज पन्थीको सहायक निर्देशन छ । ‘बाटुली’ आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।
मोफसलकै उत्कृष्ठ सिरिज वन्न सकोस एन सन्चार मिडिया प्रालीको तर्फबाट सफलताको शुभकामना व्यक्त गर्दछौ ।

शुक्रबार, भदौ २२, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै