कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनामा रजहरमा दीप प्रज्वलन गरियो ।
देवचुली माधव सुवेदी,|| चीनको वुहान शहरमा कोरोना भाइरसका कारण विश्वभर आक्रान्त मच्याएको छ । सोहि भाइरसका कारण धेरै जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगत्को ध्यान तानेको छ ।
अन्य देशबाट चीनमा गई बसोवास गर्दै आइरहेकाहरु धामधम स्वदेश फर्किरहेका छन् । कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनाममा देवचुली नगरपालिका वडा नं १६ रजहरमा दीप प्रज्वलन गरिएको छ ।
कालिका युवा क्लव र कालिका बाल क्लवको संयूक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । सो कार्यक्रममा पत्रकार तथा सर्वसाधारण , समाजसेवी लगाएतको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा बालबालिका तथा युवा क्लवका व्यक्तीहरु ले कोरोना बाट हुनसक्ने क्षेती, कसरी बच्ने , को भिड लाको व्यक्तीलाई नकरात्मक सोचले नहेर्ने, जस्ता विविध विषयबस्तु हरु सडक नाटक बाट समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथी रहनुभएका नयाँबजार टोल विकास समुहका अध्यक्ष नारायण पंगेनीले सामाजिक सञ्चालमा कोरोना भाइरसबारे भइरहेका अनावश्यक हल्लाले मानिसमा त्रास उत्पन्न गरेको बताए ।
कालिका युवा क्लबका अध्यक्ष गणेश अधिकारीले माहामारी वा विपत्ति जुनसुकै राष्ट्रलाई पनि पर्नसक्ने हुँदा यो समस्या चीनको मात्र नभएर सम्पूर्ण मानवजगतको भएको धारणा राखेका थिए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी