कूल एण्ड एलेन पेट्रोल पम्पमा पेट्रोल भण्डारण गर्ने क्रममा आगो लाग्यो ।

देवचुली,पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको एक पेट्रोल पम्पमा पेट्रोल भण्डारण गर्ने क्रममा आगो लागेको छ। देवचुली १४ स्थित कूल एण्ड एलेन पेट्रोल पम्पको ६४ हजार लिटर क्षमताको भण्डारणमा पेट्रोल भण्डारण गर्ने क्रममा बेलुका करिव ६ बजे आगो लागेको हो ।
करिव १४ लिटर पेट्रोल भण्डारण गरिसक्दा आगो सल्किएको हो । आगो लाग्दा पम्पमा कार्यरत कर्मचारी देवचुली १३ निवासी बर्ष ४४ का दीपक काफ्ले घाइते भएका छन् । काफ्लेको हात र खुट्टा आगोले जलेको थियो। आगोले शरिरको करिव बीस प्रतिशत भाग जलेको छ।
उनलाई उपचारका लागि देवचुली अस्पताल पठाईएकोमा अस्पतालले प्राथमिक उपचार गरि भरतपुर रिफर गरेको छ। आगलागीबाट ठूलो क्षति हुन भने पाएन।
करिव बीस लिटर पेट्रोल मात्रै क्षति भएको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख ध्रुबनारायण श्रेष्ठले बताउनुभयो। आगो “फायर एक्स्टिङ्गगुसर” को सहायताले तत्काल नियन्त्रणमा लिइएको थियो।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको