म मुख्यमन्त्री हुनुमा ओली र नेपाल दुवैको सहमति छ : अष्टलक्ष्मी शाक्य
५ भदौ, काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री बन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने नेता माधवकुमार नेपाल दुवैको सहमति रहेको बताएकी छन् ।
वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उनले बताइन् । शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताइन् ।
‘वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाईंले ? हामी मिलेर अघि बढ्न चाहन्छौं, मिलेर अघि बढेका छौं । नीति पास गर्यौं, बजेट पास गर्यौं । अब सरकार पनि हामी चलाउँछौं भनेपछि खुशी हुनुभयो’ उनले भनिन्, ‘राम्रो काम गर्न थाल्नुभयो अगाडि बढ्नुस् भन्नुभयो । यति पाएपछि के चाहियो ?’
त्यसपछि आफूले नेता नेपाललाई पनि वागमतीमा सरकार फेर्ने सहमतिबारे जानकारी गराएको शाक्यले बताइन् ।
‘हामी यस्तो चरणसँग पुग्यौं । नीति पनि पास गरिसक्यौं, बजेट पास गर्यौं, सरकार परिवर्तन गर्न बाँकी छ । सरकार निर्माण गर्दैछौं । तपाईको निर्देशन चाहियो भनेपछि उहाँ पनि खुशी हुनुभयो’ मुख्यमन्त्री शाक्यले भनिन्,‘केपी कमरेडले यसो भन्नुभएको हो म पनि भन्दिहाल्छु नि, म पनि एकताकै पक्षमा छु भन्नुभयो ।’
नेकपा विभाजन गरेर माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको दिन वागमती प्रदेशमा सरकार फेरबदल भएको थियो । त्यस दिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिई शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई