१० बुँदे कार्यान्वयनका लागि दबाब दिन भीम रावलसहितका नेता ओली निवास बालकोटमा

काठमाडौं । नयाँ पार्टी गठन गर्दा माधव नेपालको पक्षमा खुलिनसकेका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् ।

अध्यक्ष ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू बालकोट पुग्नुभएको हो ।

नेता नेपाललाई साथ नदिएका नेताले भोलिसम्म १० बुँदे सहमति कार्यान्वयनको घोषणा गर्न पार्टी अध्यक्ष ओलीलाई समय दिएका छन् ।

उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता गर्न माग गरेका छन् भने पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गरेका छन् ।

तर उनीहरुको प्रस्तावलाई अध्यक्ष ओलीले बेवास्ता गर्दै चेतावनीयुक्त शैलीमै आफू निकट नेताहरुमार्फत जवाफ दिएको बताइएको छ ।

१० बुँदे कार्यान्वयन नगरे आफूहरुले पनि पार्टीमा तेस्रो धारका लागि विद्रोह गर्ने ती नेताहरुले यसअघि नै बताइसकेका छन् ।

बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले पनि बोलाएको छ ।