गैंडा मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कोर क्षेत्र नवलपरासीको कोलकोत्ता टापु नजिक घोलमा भासिएर अन्दाजी ८ देखि १० वर्ष उमेरको भाले गैंडा सोमबार मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
मृत गैंडाको खाग र खुर सुरक्षित रहेको छ । चालु आर्थिक वर्ष लागे यता निकुञ्जमा योसहित ७ गैंडा मृत भेटिएका छन् । एक गैंडा तस्करहरुले गोली हानेर मारेको निकुञ्जको अनुमान छ ।
बाँकी ६ गैंडा भने प्राकृतिक कारणबाट मरेको निकुञ्जले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव