छिल्लो २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७०४ पीसीआर परीक्षण गर्दा एक हजार ५४८ र दुई हजार ६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने एक हजार ९२४ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ४८ हजार ९८१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ भने सात लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने तीन हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४४१, कास्कीमा २०८, ललितपुरमा १६७, भक्तपुरमा १०० र सुनसरीमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा ९२, चितवनमा ६०, नुवाकोटमा ५५, झापामा ३४, नवलपरासी पुर्वमा ३१, गोरखामा ३०, स्याङजामा २५, रुपन्देहीमा २४, धादिङमा १९, दाङ र लमजुङमा १३÷१३ जना र म्याग्दीमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।