पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघको आग्रह

काठमाडौं । नेपाल वद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ । संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई थप पीडा दिने गरि गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गर्नुभएको हो ।
तिमल्सीनाले उपभोक्तो चरम पीडा खपिरहेको समयमा गरिएको मूलयवृद्धि तत्काल फिर्ता लिन मागसमेत गर्नुभएको छ । स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटक-पटक गरिएको मुल्यवृद्धि जनबिरोधी कार्य भएको नेविसंघको ठहर छ ।
नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ भने खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि गरेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव