कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। 

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरूलाई कोभिडविरूद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो। 

कोभिडविरूद्धको खोप लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्। 

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ। 

समितिकी सभापति घर्तीले भने, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो। छिटोभन्दा छिटो कोभिड विरूद्धको खोपको व्यवस्था गर्नुपर्‍यो। विद्यार्थीहरू खोप नलगाउने, छुट्ने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न। यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु।’

समितिले ट्युसन फि मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। 

बैठकमा समितिका सदस्यहरूले कोभिडविरूद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा सञ्चालन  गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका थिए। 

समितिकी सदस्य एवम् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड विरूद्धको खोपको आवश्यक व्यवस्था मिलाई कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरिन्। 

उनले दुवै खोपको व्यवस्था गरी विद्यार्थीहरूलाई जोखिम नहुने गरी परीक्षाको तयारी गर्न पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

समितिका अर्का सदस्य एवम् सत्तारूढ नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले कोभिड विरूद्धको दुवै डोज खोपको व्यवस्था गरेर छिटो कक्षा १२ को परीक्षा लिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

उहाँले विद्यार्थीहरूले परीक्षा दिन पाउने व्यवस्था मिलाउन सरकारले ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाइ नगर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भौतिक रूपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन फिमात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराए।

इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन फि-मात्रै तिरेर आफूहरूले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *