पत्रकारलाई फसाउन खोज्ने एसपी शाहमाथि छानबिन सुरु, हेडक्वार्टर तानिए

काठमाडौं । रौतहटमा पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निमय विपरित घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध प्रयोग गरेको सम्बन्धमा एसपी शाहमाथि छानविन शुरु भएको छ ।
घुमुवा प्रहरीले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजेको विषयमा एसपीकै संलग्नता रहेको आरोप लागेपछि उनी प्रधान कार्यालय तानिएका हुन ।
उक्त घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा समिति गठन गरेको छ । पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन घुमुवा प्रहरीले लागुऔषध राखिदिएको घटना सार्वजनिक भएको थियो ।
एसपी शाहले घटना लगतै दोषी भनिएका पत्रकारसँग गरेको कुराकानीको अडिओ पनि सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ ।
गत साउन ३२ गते मोजिबुल्लाहको मोटरसाइकलबाट प्रहरीले लागुऔषध बरामद गरेको दाबी गरिएको थियो । तर लागूऔषध कारोबारमा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै पत्रकारलाई सोमबार छाडिएको थियो ।
प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरी नराख्न गरेको परिपत्रलाई समेत बेवास्ता गरेको पनि पाइएको छ । पत्रकारलाई लागूऔषधमा फसाउन खोज्ने दुई जना घुुमवा प्रहरी पनि अहिले निलम्बनमा परेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै