महिलाहरुलाई घरबाहिर ननिस्कन तालिवानको निर्देशन

एजेन्सी । अफगानिस्तानमा बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।
तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।
संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानको पछिल्लो स्थितीको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालीवाानको तर्फबाट यस्तो निर्देशन आएको हो ।
राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु आधारभुत रातो घेरा भित्र रहेको दाबी गर्नुभएको थियो ।
तालीवान प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् ।
अफगानिस्तामा कोही पनि असुरक्षित नरहेको भन्दै उनले अमेरिकाले उद्धार कार्य तत्काल बन्द गर्न पनि भनेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै