नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेता निर्वाचन आयोगमाः पार्टी दर्ताका लागि सनाखत हुँदै

काठमाडौं, भदौ ९ । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत हुँदैछ ।
सनाखत गर्नका लागि दुबै पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा (एस) र लोसपाका नेताहरु आयोगमा पुगेपछि आयोगका अधिकारीहरुले दल दर्ताका लागि दिएको निवेदनमा भएको हस्ताक्षरको सनाखत गरेका हुन् ।
हस्ताक्षर सनाखतका लागि दुबै पार्टीलाई अलग अलग स्थान तय गरिएको छ । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन् ।
नेकपा (एस) नेताहरु भने चन्द्रागिरि हिल्समा भएको बैठकबाट सिधै निर्वाचन आएका हुन् । यसरी आउनेमा पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरु हुनुहुन्छ । पार्टी विधान निर्माण लगायतका विषयमा छलफल गर्न उक्त दलका नेताहरु गत सोमबार नै चन्द्रागिरि हिल्स पुगेका थिए ।

आयोगले दुबै दलको सनाखतका लागि आज बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको छ ।
सरकारले केन्द्रीय समिति र संसदीय दल मध्ये एकमा २० प्रतिशत पुर्याएमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा (एस) तथा ठाकुर लोसपा नामक दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो ।

सनाखतसहितका सबै प्रमाण पुगेमा आयोगले दुबै पार्टीलाई दर्ताको प्रमाण पत्र दिन सक्नेछ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै