चितवनमा शुक्रबार देखि सरकारी कार्यालय खुल्ने
चितवनमा शुक्रबारदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज (बुधबार) बसेको बैठकले सबै सरकारी कार्यालयहरुले स्थानीय तह वडा अनुसार आलोपालो प्रणालीमा सेवा दिन पाउने निर्णय गरेको हो ।
सबै सरकारी कार्यालय जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भिडभाडको बिश्लेषण सातै स्थानीय तहलाई फरक फरक बार आलोपालो प्रणाली अनुसार खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिए । कुन दिन कुन स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने भन्ने निर्णय भने सम्बन्धित कार्यालयले गर्ने उनले बताए ।
उनका अनुसार कार्यालयहरुले स्थानीय तह तथा वडा अनुसार आलोपालो प्रणाली अबलम्बन गर्दै भिडभाड नहुने प्रवन्ध मिलाउनु पर्नेछ । यस अघि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय जस्ता भिडभाड हुने कार्यालयबाट अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक नियमित सेवा प्रवाह बन्द गरिएको थियो ।
आजको बैठकले जारी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । यस अघिको निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजे सकिदैछ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई