प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने संभावना बढेको छ । आज दिउँसो ११ बजे बोलाईएको नेकपा एमाले संसदीय दलको बैठमा राइले एमाले संसदीय दलको नेताबाट राजिनामा दिने तयारी गरेको बुझिएको छ ।
सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी पनि भइरहेको छ ।
९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ ।
याे पनि पढ्नुहाेस ।
प्रदेश १ को मुख्यमन्त्री बन्दै भीम आचार्य

काठमाडौं । नेकपा एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने हुनुभएको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले आचार्यलाई संसदीय नेता चयन गर्ने छ ।
संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेलगत्तै मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने बुझिएको छ ।
आचार्यको आजै सपथ गराउने तयारी भईरहेको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् ।
जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै