सभापतिज्यू तानाशाह नबन्नुस, कांग्रेस नेता सिंह ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई तानाशाह नबन्न चेतावनी दिनुभएको छ ।

सभापतिकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप हुन नसकेको आरोप लगाउँदै सिंहले देउवालाई तानाशाह नबन्न चेतावनी दिनुभएको हो ।

मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप नभएकाले समस्या देखिएको बताउनुभयो ।

‘यसको कारण पार्टी सभापति नै हो’ उहाँले भन्नुभयो, ‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धाँदली भएकाे छ, यो सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्छ ।’

उहाँले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधान अनुरुप तह लगाउने समेत चेतावनी दिनुभयो ।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुलेसमेत अनसन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 17 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *