प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, शपथग्रहण सम्पन्न ।

विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद भीम आचार्य नियुक्त हुुनुभएको छ । उहाँले आजै शपथ पनि लिनुभएको छ ।
शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएपछि राईको स्थानमा आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।
यसअघि, निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गर्दै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनुभएको थियो ।
आचार्यले शुरुदेखि नै प्रदेश १ को मुख्यमन्त्री हुने आकांक्षा राखे पनि पार्टी विभाजनपछि मात्रै उहाँलाई यो अवसर जुटेको हो ।
पार्टी विभाजनअघि आचार्य माधव नेपाल समूहमा हुनुहुन्थ्यो भने राई ओली समूहमा हुनुहुन्थ्यो । तर पार्टी विभाजन गर्ने नेता नेपालको निर्णयमा भने आचार्यले साथ दिनुभएन ।
२०७४ माघ २६ मा दलको नेतामको चुनावमा आचार्य राईसँग पराजित हुनुभएको थियो । ५१ सदस्यीय एमाले सांसदमध्ये राईलाई २६ र आचार्यलाई २४ मत परेको थियो । एक मत बदर भएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै