प्राकृतिक चिकित्सालयलाई गण्डकी प्रदेशमा राम्रो बनाउने छु: मणिभद्र शर्मा

देवचुली, माधब सुबेदी
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सामुदायिक प्राकृतिक चिकित्सालय अस्पतालको अवलोकन गर्नुभएको छ । उहाँले नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई गण्डकी प्रदेशमा अझै अब्बल बनाउने बताउनुभयो ।

No description available.प्राकृतिक विधिबाट गरिने उपचारमा भरोसा रहेको भन्दै पर्यटकीय साथै ऐतिहासिकस्थलको दीर्घकालीन विकासका लागि योजना तयार गरी अघि बढाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारकातर्फबाट आवश्यक साथ र सहयोग दिइनेमा मन्त्री कँडेल जोड दिनुहुन्छ ।

No description available.कँडेलले कोभिड अस्थाई अस्पतालको रुपमा संचालन हुदां देशमा नै नमुना काम भएकोले व्यवस्थापन पक्षलाई हार्दिक सम्मान गर्दै सो कार्यगर्दाको खर्च समेत अत्यन्तै न्यून भएको जानकारी विवरण पुस्तिका पाउदा अत्यन्तै खुसी लागेको बताउनुभयो । प्राकृतिक चिकित्सालयले कोभिडको महामारीमा पनि आफनो कामलाई निरन्तरता दिदै कयौ व्यक्तिहरुको ज्यान बचाउनको लागी रातदिन नभनी उपचार गरी सकुसल घर फर्काउन सफल भएको भन्दै धन्यबाद दिनुभयो ।

No description available.सामुदायिक प्राकृतिक चिकित्सालयकी महिला उपाध्यक्ष लक्ष्मी बास्ताकोटीले बाहिर अस्पतालमा उपचार सम्भब नभएको व्यक्तिलाई यस अस्पतालले प्राकृतिक विधिबाट उपचार पछि पहिलाकै अवस्थामा फर्काएको बताउनुभयो । उहाँले प्राकृतिक विधि केहो?, कसरी उपचार गरिन्छ?, कसरी विरामीहरु उपचारपछि घर फर्कन्छन जस्ता कयौ विषयबस्तुहरु मनमा उब्जेका छन भने अस्पताल आएर बुझन समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक विनोद पौडेल, बरिष्ठ उपाध्यक्ष प्रेम नारायण न्यौपाने, व्यवस्थापक हरि प्रसाद सापकोटा लगाएत समिति भित्रका सबै सदूयहरुको उपस्थिती रहेको थियो । उहाँले प्राकृतिक चिकित्सा लाई हेत्थटुरीजमको अबधाराणालाई अगाडी बढाउन प्रदेश सरकारको साथ, सहयोग रहने बताउनुभयो । कोभिडमा उत्कृष्ट कामको खुलेर प्रशंसा गर्नु भएको थियो भने अत्यन्त न्यून खर्चमा व्यवस्थापन गरिएको विवरण पुस्तिका समेत सो कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।