काबुल विमानस्थल बाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विस्फोटको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
बिहीबार साँझ भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको तालिबानका एक अधिकारीले पुष्टि गरेका छन् । मर्नेहरू बालबालिका र महिला रहेको ती अधिकारीले जनाएका छन् । विस्फोटमा परेर कैयौं मानिस घाइते भएका छन् । घाइते हुनेहरुमा तालिबान लडाकु पनि रहेको अलजजिराले उल्लेख गरेको छ ।
बेलायती सेना रहेको एबी गेटमा विस्फोट भएको समाचारमा उल्लेख छ । विस्फोटपछि गोली पनि चलेको छ । यो आत्मघाती विस्फोट भएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलार्ई जानकारी दिएका छन् ।
अमेरिका र बेलायतले बुधबारदेखि नै काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी दिएका थिए । अहिले विस्फोट भएको गेट विमानस्थलको तीनवटान गेटमध्येको एक हो, जुन चेतावनीपछि बन्द गरिएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै